एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा एक हजार ८ सय ८३ जनाको कोरोना परीक्षण गर्दा १ सय ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै, सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १४ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । त्यस्तै, सात जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत् छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर