अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी स्याङ्जाले जनाएको छ ।

वालिङ नगरपालिका– १ खहरेस्थित भित्री कच्ची सडक खण्डमा रामबाच्छाबाट खहरेतर्फ जादैँ गरेको लु १ ह ३६८३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

अटो दुर्घटनामा घाइते भएकी शिशुको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सावर चालकसहित चार जना रहेकोमा बालिकाको मृत्यु भएपनि अन्यलाई केही नभएको बताइएको छ ।

अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर