पाँच दिन संघर्ष विराम गर्न इजरायल र हमास सहमत

काठमाडौं ।  इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन्। जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ। गाजामा इजरायलका दर्जनौँ महिला तथा बालबालिलाई हमासले बन्धक बनाएको छ। वासिंटनपोष्टले तीन पक्षबीच भएको छलफल सहमति नजिक पुगेको र हमासले तत्काल बन्धकहरुको रिहाई सुरु गर्ने सम्भावना रहेको उल्लेख गरेको छ।

संघर्षविरामका सर्तहरुमा युद्धका दुवै पक्षले ५ दिन लडाइँ बन्द गर्ने र प्रत्येक २४ घण्टामा ५० वा त्योभन्दा बढी बन्धकहरुलाई समूहमा रिहा गर्ने उल्लेख छ। यसैबीच इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध प्रदर्शन भएको छ। हमासद्वारा बन्धक बनाइएकाहरुलाई तत्काल मुक्त गर्न माग गर्दै झण्डै तीस हजार प्रदर्शनकारीले तेलअभिवस्थित प्रधानमन्त्री कार्यालय घेराउ गरेका हुन्। प्रदर्शनकारीले लगातार ५ दिनदेखि प्रधानमन्त्री कार्यालय घेराउ गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर