नेदरल्यान्ड्स युरोकपमा छनोट

काठमाडौं ।  नेदरल्यान्ड्ससँगै रोमानिया र स्विट्जरल्यान्ड शनिबार युरोकपका लागि छनोट भएका छन् । छनोटको समूह ‘बी’ को खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो र यो जित उसका लागि छनोट हुन पर्याप्त रह्यो ।

डच टिमको जितमा वाउट वेघोस्टले निर्णायक गोल गरे । यो जितपछि नेदरल्यान्ड्स १५ अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । त्यस अगाडि शीर्षमा रहेको फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । समूह ‘आई’ बाट भने रोमानिया र स्विटजरल्यान्ड छनोट हुन सफल रहे । रोमानियाले इजरायललाई २–१ ले हरायो भने स्विस टिमले कोसोभोसँग १–१ को बराबरी खेल्यो । रोमानिया १९ अंकमा समूहको शीर्षमा छ भने उसको पछाडि स्विट्जरल्यान्ड १७ अंकमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर