कैलाली आगलागीबाट १७ करोड बढीको क्षति

कैलाली । मध्यराति भएको आगलागीबाट १७ करोड बढीको क्षति भएको अनुमानित लागत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पताल, गोदामसहित पसलमा भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको जनाएको छ ।

आगलागीबाट सबैभन्दा बढी क्षति सारथी अस्पताललाई भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दका अनुसार अस्पतालको साढे पाँच करोड रुपैयाँको क्षति भएको छ ।

त्यस्तै खाद्य गोदामको ४ करोड ४० लाख, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाख, सुदिक्षा इन्टरप्राइजेजको १ करोड २० लाख, शुभिक्षा बेबिसपको ९० लाख, भट्ट सप्लायर्सको ७० लाख, मधुमाला कलेक्सनको ६० लाख बरारको क्षति भएको डिएसपी चन्दले बताए ।

यसैगरी आगलागीबाट भण्डारी सुज सेन्टरको गोदामको ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख र २ लाख २० हजारको एउटा स्कुटर जलेन नस्ट भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी चन्दले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर