हफिज पाकिस्तानको मुख्य प्रशिक्षक

काठमाडौं । काठमाडौं । मोहम्मद हफिजले पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् ।

अष्ट्रेलिया र न्युजिल्याण्ड भ्रमणको तयारी गरिरहेको पाकिस्तानी क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी हफिजले सम्हाल्ने भएका हुन् ।

पाकिस्तानी क्रिकेट बोर्डले हफिजलाई पाकिस्तानी टिमको निर्देशकको रुपमा समेत नियुक्त गरेको छ ।

मिकी अर्थरको जिम्मेवारीलाई पाकिस्तानी क्रिकेट बोर्डले हफिजमा सारेको हो ।

बुधबार बाबर आजमले कप्तान पदबाट राजीनामा दिएसँगै पाकिस्तानले टिममा ब्यापक फेरबदल गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पाकिस्तानले टिम निर्देशक र मुख्य प्रशिक्षकको पदलाई एउटै बनाउन खोजेको छ । डिसेम्बर र जनवरीमा हुने अष्ट्रेलियाविरुद्ध हुने तीन म्याचको टेष्ट सिरिज र न्युजिल्याण्डसँग खेलिने ५ म्याचको टी ट्वान्टी सिरिजमा पाकिस्तानी अलराउण्डरले टिमको नेतृत्व गर्नेछन् ।

४३ वर्षिय हफिजका लागि यो महत्वपुर्ण कदमको रुपमा हेरिएको छ । उनले अन्तिम पटक दुई वर्षअघि पाकिस्तानका लागि खेलेका थिए । अहिलेसम्म उनीसँग प्रशिक्षणको कुनै अनुभव भने छैन ।

यस वर्षको सुरुआतसम्म पाकिस्तानमा कोहीपनि टिम निर्देशक थिएनन् । पूर्व पीसीबी अध्यक्ष नजम सेठीले आर्थरलाई यसको जिम्मेवारी पहिलो पटक दिएका थिए । सम्झौता अनुसार आर्थरले केही सिरिज र प्रतियोगितामा टिमसँग यात्रा गर्ने उल्लेख थियो । जब आर्थर र मुख्य प्रशिक्षक ग्रान्ट ब्रेडबर्न दुवै जना टिममा थिए, दुवैको जिम्मेवारीमा कुनै अन्तर नदेखिएको महशुश पाकिस्तानी क्रिकेट प्रशासनले गरेको थियो । सोही कारण यस दुई भुमिकालाई एक गर्ने निर्णयमा पाकिस्तान पुगेको हो ।

विश्वकपको समूह चरणबाट बाहिरिने बित्तिकै बाबरले तीनै ढाचाको क्रिकेटबाट कप्तानको रुपमा राजीनामा दिएका थिए । पाकिस्तानी क्रिकेट बोर्डले लगत्तै साहीन अफ्रिदीलाई टी ट्वान्टी क्रिकेटको कप्तान र सान मसुदलाई टेष्ट कप्तानमा नियुक्त गरेको छ ।

लगत्तै आर्थर र ब्रेडबर्नले भुमिकालाई कम गरेका थिए । पीसीबीले बिना कुनै स्पष्टिकरण उनीहरुलाई पुन नियुक्त गरिने बताएको थियो । र उनीहरु अष्ट्रेलिया भ्रमणमा नजाने प्रस्ट गरेको थियो ।

सुरुआतमा हफिजलाई टिम निर्देशकको रुपमा घोषणा गरिएको थियो । तर मुख्य प्रशिक्षकको रुपमा केही जानकारी गराईएको थिएन । प्रशिक्षकको रुपमा हफिजको नियुक्तिको तस्विर अघि आएको छ । मुख्य छनोटकर्ताको पदमा वहाब रियाज सबैभन्दा अघि देखिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर