सन्दीपको बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रूपमा कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल बाँकी छँदै सन्दीपले तोडेर आफ्नो नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रूपमा नाम दर्ज गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर