सुनिरालाई टेनिसको डबल्समा रजत

काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यू–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत पदक जितेकी छन् ।

बंगलादेशमा शुक्रबार भएको फाइनल खेलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७–५, ७–६ को सेटमा पराजित गरे । प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो । यसअघि बंगलादेशको ढाकामै भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को महिला सिंगल्समा पनि सुनिराले नेपाललाई रजत पदक दिलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर