अलशिफा अस्पताल हमासको आक्रमण गर्ने केन्द्र

काठमाडौं ।  मध्यपूर्वको द्वन्द्वग्रस्त गाजास्थित अल–शिफा अस्पतालमा इजरायली फौज प्रवेश गरेको छ । आतंकवादी संगठन हमासले अस्पताललाई सैन्य अखाडाको रूपमा प्रयोग गर्दै आएको सूचनापछि इजरायली फौज अस्पतालपरिसरमा घुसेको हो ।

अस्पतालभित्र हमासले सुरुङ बनाएर थुप्रै हातहतियार थुपारिराखेको र ती हतियार बरामद गरिएको इजरायली डिफेन्स फोर्सले जनाएको छ । फोर्सले बरामद गरिेको हतियारमा हमासले प्रयोग गर्दै आएको रकेट, ग्रिनेड, गोला, बारुद र गोलीगट्ठा रहेको छ ।

अल–शिफा अस्पतालमा इजरायली फैजले आक्रमण गरी बिरामी र बालबच्चाको बिजोग गरेको आलोचना खेप्दैआएको इजरायलले अन्तिम अस्पताललाई हमासले गलत प्रयोग गर्दै आएको सिद्ध गरेको छ । इजरायली फौजले अस्पतालपसिरभित्र हमासले खनेर राखेकोे एक सुरुङको प्रवेशद्वारलाई ध्वस्त पारेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एजरायललको आलोचना गर्नेहरूलाई अल–शिफा अस्पतालको खोजबिनबाट निरुत्तर पारेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर