चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट

काठमाडौं । चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट बढाएको छ । प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन् । केही विस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । तर खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ ।

त्यस्तै, अर्का विस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताए । उनले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महसुुस गरेको बताए । वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गरे ।

यसैगरी, अर्का विस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताए । अर्का विस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको गुनासो गरे । गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर