बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

काठमाडौं । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन गरिने भएको छ ।

स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गरे ।

उनका अनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता यही डिसेम्बर भित्र लिइसक्नु पर्नेछ ।

उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न पाउने बताइएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न पनि आग्रह गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर