विश्वकप क्रिकेट: अस्ट्रेलिया र भारतबीच भिडन्त हुने

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको हो ।

भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्त पर्सि आइतबार हुने छ । अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ ।

जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो । त्यस अगाडि डेविड मिलरको शतकको मदतले दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर