रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगलकाे जित

काठमाडौं ।  युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ। समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक-एक गोल गरेका थिए। युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो। युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समुह जे मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार बेहोरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर