अभिनेत्री माधुरी दीक्षित चुनाव लड्ने खबरले सनसनी

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित एवं धक धक गर्लबाट परिचित माधुरी दीक्षितले २०२४ को लोकसभा चुनावमा आफ्नो भाग्य अजमाउन सक्छिन् । स्रोतका अनुसार माधुरी भाजपाका नेताहरूसँग सम्पर्कमा छन् । यद्यपि, उनले चुनाव लडे भने कुन पार्टीमा प्रवेश गरी राजनीतिक करियर सुरु गर्ने भन्नेबारे अहिलेसम्म स्पष्ट पारेका छैनन् । यसअघि उनी पुणेबाट पनि चुनाव लड्ने अनुमान गरिएको थियो ।

माधुरी उत्तर–पश्चिम मुम्बई सिटबाट चुनाव लड्ने सम्भावना छ। तर, यो सिट शिवसेनाको खातामा छ र यहाँबाट शिन्दे गुटका गजानन कीर्तिकर सांसद छन् । तर, यसपटक पनि उनको अवस्था राम्रो छैन ।
मुम्बईको वानखेडे स्टेडियममा भएको भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेलमा माधुरी दीक्षित मैदानमा थिइन् । यस क्रममा उनी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसँग देखिएकी थिइन् । उनीसँगै एनसीपी नेता प्रफुल्ल पटेल पनि थिए । त्यति मात्र होइन, त्यहाँ भाजपा नेता आशिष शेलार पनि उपस्थित थिए । त्यसपछि माधुरी दीक्षित चुनाव लड्नेमा राजनीतिक सर्कलमा अड्कलबाजी भइरहेको छ ।

यस्तो अवस्थामा भाजपाले माधुरी दीक्षितलाई यो सिटमा चुनाव लड्न सक्छ । यसपटक पनि यस सिटमा कांग्रेसबाट सञ्जय निरुपम ठूलो दावेदार छन्, जो किर्तिकरको विरुद्ध बलियो विकल्प हुन् । यस्तो अवस्थामा माधुरीको लडाइँका कारण निरूपमको बाटो कठिन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर