बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २० पैसा र बिक्रीमा १४४ रूपैयाँ ८५ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८३ पैसा र बिक्रीमा ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर