अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१– ००१ ह ५५४५ नम्बरको टेम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, कमलबजार–८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर