भारतको डोडामा भएको बस दुर्घटनामा ३९ जनाको मृत्यु

काठमाडौं ।  भारतको जम्मू कश्मीरस्थित डोडामा बुधबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘जम्मु-कश्मीरको डोडामा भएको बस दुर्घटना दुःखद् छ। आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारहरूप्रति मेरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रधानमन्त्री मोदीले सबै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने बताएका छन्। यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले एक्स पोस्टमा भनेका छन्, ‘जम्मु कश्मीरको डोडामा भएको दुःखद बस दुर्घटनामा बहुमूल्य ज्यान गुमाउनेको बारेमा थाहा पाउँदा म असाध्यै दुःखी छु। मृतकका परिवारप्रति हार्दिक समवेदना। घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ डोडा जिल्लाका ड्युटी कमिश्नर हरविन्दर सिंहले समाचार एजेस्सी पीटीआईलाई बताए अनुसार चालकले मोडमा बसको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनाको छानबिनका लागि समिति गठन गरिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर