पाकिस्तानले फर्कायो अफगान शरणार्थी

काठमाडौं । पाकिस्तानले पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरूलाई अफगानिस्तान फर्काएका छन्। अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन्।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ। तथ्याङ्कअनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै संख्या इरानमा रहेको बताइएको छ।

विगत दुई महिनामा ४ लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन्। अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रयसहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर