चार देशीय महिला टी–२० शृङ्खलामा अहिले नेपालले तान्जानियासँग खेल्दै

काठमाडौं । चार देशीय महिला टी–२० शृङ्खलामा अहिले नेपालले तान्जानियासँग खेल्दैछ । खेल बिहान सवा ७ बजे हङकङमा शुरु भएको हो । नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो । अहिले भइरहेको खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । अहिले भइरहेको खेलमा १६ ओभरको समाप्तीमा ८४ रन बनाएर तान्जानियाले ५ विकेट गुमाएको छ ।

महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् । नेपालले यसै शृङखलाबाट कप्तान परिवर्तन गरेर इन्दु बर्मालाई जिम्मेवारी दिएको छ । रुविना क्षेत्री खेलाडीको रुपमा खेल्नेछिन् । बिरामी भएका कारण नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन् ।

नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन् । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर