मोरङको उर्लाबारीमा आगलागी

काठमाडौं ।  मोरङको उर्लाबारी –२ कटहरेमा सोमबार राति  आगलागी भएको छ । राति साढे ११ बजे स्थानीय तुलबहादुर महतको घरमा  आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार महतको भान्साघरसहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् । त्यस्तै आगलागीबाट भकारीको धान जलेर नष्ट भएको छ भने गोठको गाई जलेर गम्भीर घाइते भएको छ । प्रहरीका अनुसार आगलागीबाट २ लाखबराबरको क्षति भएको छ । भान्सामा अचानक आगोको मुस्लो देखेपछि नियन्त्रण गर्ने क्रममा ग्यासको सिलिन्डरसमेत विस्फाेट भएको थियो ।

उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रण लिइएको वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कँडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर