पाकिस्तानका प्रशिक्षक मोर्ने मोर्केलले राजीनामा दिए

काठमाडौं । पाकिस्तानका फास्ट बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो सम्झौता सकिन एक महिनाभन्दा बढी समय बाँकी रहँदा राजीनामा दिएका छन्।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान विश्वकपबाट बाहिरिएपछि मार्केलले राजीनामा दिएको जनाएको छ। पीसीबीले मोर्केलको प्रतिस्थापन छिट्टै खोजिने बताएको छ। तर उसले राजीनामाको कारण भने खुलाएको छैन।

मिकी आर्थर पाकिस्तानी टोलीको निर्देशकको रूपमा फर्किएपछि मोर्केल जुनमा पाकिस्तानी टोलीसँग जोडिएका थिए। एसिया कपबाट बाहिर हुनुअघि मोर्केलको पहिलो असाइनमेन्ट श्रीलंकामा भएको दुई टेस्टको शृङ्खला थियो, जुन पाकिस्तानले २–० ले जितेको थियो। यो सिरिजपछि पाकिस्तानले श्रीलंकामा अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ।

एसिया कपमा हरिस रउफ र नसिम शाह घाइते भएका थिए भने नसिम काँधको चोटका कारण विश्वकपबाट बाहिर हुनुपरेको थियो। पाकिस्तानले विश्वकपको सुरुवाती दुई जितका साथ गर्दा त्यसपछि लगातार चार खेल हारेको थियो। जुन पाकिस्तानको विश्वकप इतिहासमा पहिलो पटक भएको हो। लगातार दुई विश्वकपमा पाकिस्तान अंक तालिकाको पाँचौं स्थानमा छ।

बलिङ प्रशिक्षकको रूपमा मोर्केलको कार्यकालको सबैभन्दा राम्रो चरण अफगानिस्तानविरुद्धको शृङ्खला र एसिया कपमा भारतविरुद्धको समूह चरणको खेलमा हरिस, नसीम र शाहिनको फास्ट बलिङ फर्ममा हुँदा थियो। डिसेम्बर-जनवरीमा अष्ट्रेलियासँगको तीन टेस्ट खेलसम्म पाकिस्तान टिमसम्मको सम्झौता गरे पनि उनले त्यसअघि नै राजीनामा दिएका हुन्। मोर्केल अस्ट्रेलियाली नागरिक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर