भक्तपुरमा आगलागीबाट वृद्धाकाे मृत्यु

काठमाडौं । भक्तपुरमा हिजाे लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाकाे ज्यान गएकाे छ ।

आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर