भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा

काठमाडौं ।  यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार  भाइटीका (किजा पूजा) को उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा/म्ह पूजा मनाइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर