इजरायली हवाइ आक्रमणमा प्यालेस्टिनी शरणार्थी मारिए

काठमाडौं ।  संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाइ आक्रमणमा पर्दा केही प्यालेस्टिनी शरणार्थी मारिएको जानकारी दिएको छ।

राष्ट्रसंघको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु  भएको जनाएको हो। उसले घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने बताइएको छ।इजरायली पक्षबाट यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर