विश्व कप क्रिकेटमा भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हाे ।

भारतका श्रेयस ऐर १ सय २८ रनमा नटआउट रहे । केएल राहुलले १ सय २ रन बनाए । चौथो विकेटका लागि राहुल र ऐरले २ सय ८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका बास डी लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक/एक विकेट लिए । भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ ।

विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण यसअघि नै पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वाङखडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर