भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा ३६ जना मजदुर फसे

काठमाडौं । भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

सडक आयोजनाअन्तर्गत साढे चार किलोमिटर सुरुङमध्ये चार किलोमिटर निर्माण सम्पन्न भइसकेको सुरुङको ५० मिटर भाग भासिएको उनले जानकारी दिए । मजदुरहरुलाई सुरुङबाट बाहिर निकाल्न दुईदेखि तीन दिन लाग्न सक्ने प्रहरीले जनाएको छ । उनीहरुसँग अक्सिजन सिलिण्डर रहेको र थप अक्सिजन पठाउन पाइपलाइन समेत रहेकाले बचाउन सकिने आशा रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर