एक अर्बभन्दा बढी रकम ठगी गरी व्यवसायी फरार

काठमाडौं । झापाको सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् ।

सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कन्काई नगरपालिका ३ का वडाध्यक्ष युवराज चौंलागाइँसम्म ठगीमा परेका छन् ।

जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफूहरु ठगिएको जनप्रतिनिधिको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । पीडितहरुले हालसम्म ७० हजार रुपैयाँदेखि १ करोड १३ लाखसम्म ठगिएको बताएका छन् ।

सबै जनाले आफूहरु ठगिएको भन्दै कन्काई नगरपालिका ३ को वडा कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । पीडितहरूले ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् ।

झापा गाउँपालिका वडानम्बर ६ का पूर्वजनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपैयाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए ।

यता कन्काई नगरपालिका ३ का वडाध्यक्ष युजराज चौंलायाइँले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौ रुपैयाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु झापा जिल्ला कारागारमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर