विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा पुगेका छन् । हिजो भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग हारेसँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा अंकतालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वान्खडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् ।

विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज भारत र नेदर्ल्याण्डस्बीच खेल हुनेछ । हिजो भएको खेलमा पाकिस्तानलाई ९३ रनले हराएको इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ । हिजो भएको अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर