एसीसी कप क्रिकेट : कुशल मल्लको अर्ध शतक

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका लागि कुशल मल्लले अर्धशतक प्ररा गरेको छ ।
मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ६ चौका र ४ छक्का प्रहार गर्दै जम्मा ३१ बलमा ५० रन पूरा गरेका हुन्।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवात चरणमा खराब प्रदर्शन गरेको थियो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खातासमेत नखोलेर बाहिरिएका थिए। कप्तान रोहित पौडेल र भीम सार्कीले नेपाललाई लयमा ल्याउने प्रयास गरे। पौडेल २३ र सार्की ३४ रन बनाएर बाहिरिए।

अहिले मल्ललाई आरिफ शेखले साथ दिइरहेका छन्। शेखले ३९ बलमा २८ रन बनाएर क्रिजमा टिकिरहेका छन्। आजको खेलमा नेपालले आफ्नो प्लेइङ सेटमा केही परिवर्तन पनि गरेको छ। गुल्सन झाको ठाउँमा करण केसीलाई मौका दिइएको छ। (फाइल : तस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर