असन्तुष्टि स्वरूप जर्नेल ताराध्वज पाण्डेको राजीनामा

काठमाडौं । नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्। भावी सेनापतिको रूपमा चर्चामा आएका जर्नेल पाण्डेले आफूमाथि छानविन भएको थाहा पाएपछि राजीनामा दिएका हुन्। उनले बुझाएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको छ। सैनिक नियम अनुसार उनको राजीनामा सेनापतिले रक्षा मन्त्रालय पठाएर मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्दछ।

लेफ्टिनेन्ट जनरल पदमा पदोन्नतिका लागि सेनाले सार्वजानिक सूचना निकालिसकेको र त्यसको एकमात्र हकदार देखिएको अवस्थामा उनको शैक्षिक प्रमाणपत्रमा विवाद निस्केको थियो। यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षामन्त्रालयलाई तत्काल छानविन गर्न पत्र लेखेपछि उनको प्रमाणपत्रबारे छानविनको प्रक्रिया आरम्भ भएको बुझिएको छ। तर तीनतारे जर्नेल हुनबाट रोक्ने गरी छानविन सुरु गराइएको भन्दै उनले असन्तुष्टि स्वरूप राजीनामा दिएको बताइएको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर