विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घोषणा भएकाे छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज शुक्रवार अन्तिम टाेली घाेषणा गरेका हुन् । नेपालले आउँदाे बिहीवार यूएईसँग खेल्नेछ । यूएईसँगकाे खेलका लागि नेपाली टाेली आइतवार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसैबीच अनुभवी डिफेन्डर अनन्त तामाङले चोटका कारण विश्वकप छनोटको दोस्रो चरण गुमाउने भएका छन् । तामाङको घुँडामा चोट लागेको र यूएईसँगकाे खेलमा ‘फिट’ नहुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएकाे छ ।

 नेपाली टाेली

गाेलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिशेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, राेहित चन्द, अञ्जन विष्ट, आशिष चाैधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, याेगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर