चोरी गरिएको सामान घरधनीको आँगनमा, इमान्दार चोर भने अज्ञात

काठमाडौं । बाँकेमा अनौठो तरिकाले केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धवीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपैयाँ नगद चोरेर लगेको थियो । सोही तिलहरी र केही नगद रुपैयाँ गएराति घरधनीकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धवीर वलीका छोरा प्रेम वलीले जानकारी दिए ।

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीमा पनि उजुरी दिएको उनले बताए । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौं” उनले भने, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपैयाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”

चोरले मङ्गलबार राति चोरेर लगेको नगद ४५ हजारमध्ये २३ हजार ३ सय ६० रुपैयाँ वलीको घरको आँगनमा ल्याएर छोडेको छ । चोरले तिलहरी भने फिर्ता गरिदिएको छ । घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धवीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर