सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक अन्यत्र मौसम सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । पश्चिमी वायुको प्रभावकै कारण काठमाडौं उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्म भएको छ ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको असर धेरै पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णालीका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ भने त्यहाँ वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलि पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ। बाँकी भागमा मौसम सफा रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर