भारतद्वारा भूकम्पपीडितका लागि राहत सामग्री प्रदान

काठमाडौँ । भारतले भूकम्पपीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ । भारतीय वायुसेनाको सी–१३० विमान  भूकम्पपीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्री लिएर बिहीबार नेपाल आएको हो ।  राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यसअघि भारतले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण उपलब्ध गराएको थियो । नेपालको प्रमुख विकास साझेदार भएकाले भारत सदैव सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर