हत्या आरोपमा जेल परेका सांसद धरौटीमा रिहा

काठमाडौं । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन्। उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश लगतै धरौटी बुझाएर उनी छुटेका छन्।

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज बिहीबार जिल्ला अदालत सप्तरीको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई जिल्ला अदालतले गत भदौं १९ गते  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

१६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सिंह सहितका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो। मुद्दा चलेकै अबस्थामा सिंह सप्तरी क्षेत्र ४ ख बाट स्वतन्त्र उठेर चुनाव जितेका थिए। चुनाव जितेपछि उनी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। पक्राउ परेपछि उनी संसदबाट निलम्बित भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर