चिनी एक किलोको सय रुपैयाँ मात्र

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रति उपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ किलोमा बिक्री सुरु गरिएको खाद्य व्यवस्था विभागले जनाएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले थापाथली केन्द्रमा चिनी उपलब्ध भएको बताइन् ।

यसैबीच साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेले बिक्रीका लागि हालसम्म पाँच हजार बोराभन्दा बढी चिनी कर्पोरेशनबाट लगिसकेका छन् । कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।

दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिक टन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आम उपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर