भूकम्पीय क्षेत्रमा सरकारी पर्यटन आतंक : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पपछि पर्यटन आतंक खडा गरिएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल धनकुटाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा धेरै नेताहरुको आवागमन भएकाले एकखाले आतंक भएको उल्लेख गरे ।

भूकम्पीय क्षेत्रमा कामभन्दा पनि घुम्ने काम बढी भएको उनको भनाइ थियो । एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक पठाउने तयारी गरेको उनले बताए । उनले राजनीतिक पूर्वाग्रहमा सरकारले राहत वितरण गरेको गुनासो आएकाले सच्याउन अनुरोध पनि गरे ।
नेता पोखरेलले जनतालाई दिने सेवा सुविधा कमजोर भएको बताउँदै भने, “अहिले पुनः राजावादी शक्तिहरु मौलाउयन खोजेकाले राष्ट्रिय शक्ति निर्माण गर्न र पहाडको बसाइँसराइ रोक्न एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्न लागेको हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर