एन्फाका नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत भएको हो । ५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ र मत परेको छ भने एक मत बदर भएको छ । ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग नलिएको एन्फाले जनाएको छ ।

नेम्वाङले एन्फा मात्र नभएर नेपाली फुटबल नै बर्बाद बनाउन लागेको भन्दै गएको भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारण सभाको माग गरेका थिए । तर बर्खास्तीको प्रस्ताव अस्वीकृत भएसँग नेम्वाङको पद जोगिएको छ । नेम्वाङ गएको वर्षको असारमा एन्फाको अध्यक्ष भएका थिए । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर