नक्कली भुटानी शरणार्थी मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशहरु कृष्णराम कोइराला र मुरारीबाबु श्रेष्ठको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ भने स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौँले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरू त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।
प्रतिक्रिया