गुरुङ चलचित्र ‘सैंर्वे ट’ प्रिमियरको तयारीमा

काठमाडौं । पोखरामा आगामी मङ्सिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।

माओत्से गुरुङ फिल्मससँगको सहकार्यमा उचाइ स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चलचित्रमा नायकको भूमिकामा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रूपमा कृष्टि गुरुङले अभिनय गरेकी छन् । यस्तै, चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङलगायत कलाकारको भूमिका रहेको छ ।

निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको छ । पारिवारिक एवम् प्रेमकथामा आधारित उक्त चलचित्रको छायाङ्कन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक रत्ना गुरुङले जानकारी दिइन् । उनले चलचित्रमा प्राविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउँदै चलचित्र विशेष बनेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर