सन्दीप सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउने तयारीमा

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् ।

एक सय विकेट पूरा गर्न सन्दीप १ विकेटले मात्र पछि रहेका छन् । उनले ४१ एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेलमा ९९ विकेट लिएका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्न सन्दीपले अबका दुई खेलमा एक विकेट लिनु पर्ने हुन्छ ।

पछिल्लो समयमा सन्दीपको उच्च लय हेर्दा त्यो कीर्तिमान तोडिने सम्भावना प्रचुर आज ओमान विरुद्धको नेपालको ५० औं खेलमा तोडिने सम्भावना रहेको छ ।

खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप ओडिआईमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।

सन्दीपपछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४३ खेलमा ६० विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर