चिनियाँ भूकम्प राहत सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ । चिनियाँ राजदुत छन सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका छन्।

बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ सेनाको दुईवटा एअरक्राफ्टमार्फत झन्डै ३० करोड मूल्यबराबरको सामग्री ल्याइएको थियो।  दुईवटा एअरक्राफ्टबाट चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेन्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर