एसीसी प्रिमियर कप – आज दुई खेल हुँदै

एकाठमाडौं । सीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज शुक्रबार दुई खेल हुँदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १-१ खेल आयोजना हुँदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का युएई र हङकङबीच खेल हुँदैछ ।

दुवै टोली प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेका छन् । युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । समान दुई अंक रहे पनि रनरेटका आधारमा युएई शीर्ष स्थान र हङकङ तेस्रो स्थानमा रहेको छ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का नेपाल र ओमानबीच खेल हुँदैछ ।

प्रतियोगितामा आआफ्नो पहिलो खेलमा जित हात पारेका दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ।

समान दुई अंक रहे पनि रनरेटका आधारमा समूह ‘ए’ मा नेपाल शीर्ष स्थान र ओमान तेस्रो स्थानमा रहेको छ ।

दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १-१ खेल हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर