भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

काठमाडौं । भक्तपुरमा पहिलो पटक एमआरआई सेवा सुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाडौंका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा सुरु गरेको उनले बताए । अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताइन् ।

मध्यपुर अस्पतालले भक्तपुर जिल्लामै पहिलो पटक एमआरआई सेवा सुरु गरेको भन्दै अध्यक्ष कार्कीले अब एमआरआई सेवा लिन भक्तपुर तथा काभ्रेलगायतका पूर्वका बिरामीको कठिनाई अन्त्य भएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर