पौषमा आठौं रियल इस्टेट एक्स्पो-२०२३ आयोजना गरिँदै

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो-२०२३ आयोजना गर्ने भएको छ । संघले काठमाडौंमा मंगलवार पत्रकार सम्मलन गर्दै पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो-२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने बताएको हो । संघले अहिलेसम्म ७ वटा रियल इस्टेट एक्स्पो आयोजना गरिसकेको छ ।

२०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेन । २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको संघले बताएको छ । घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा एक्स्पोका संयोजक विदुर धमलाले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको बताए ।

उनले रियल इस्टेट एक्स्पो गर्नुको मुख्य उद्देश्य घरजग्गा कारोबारमा आएको नयाँ–नयाँ कारोबार र घरजग्गासम्बन्धी कारोबारको विषयमा एउटै छानामुनी जानकारी दिने रहेको बताए । उनले प्रदर्शनीमा खरिद गर्ने र बेच्ने मात्रै नभएर जानकारी दिने पनि गरिने बताए । उनले एक्स्पोमा ६५ भन्दा बढी स्टलहरु रहने उल्लेख गरे । धमलाले रियल इस्टेट एक्स्पोले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्ने बताए । धमलाले एक्स्पोमा अपार्टमेण्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय सामग्री, फर्निचर, सिरेमिक, घर जग्गा एजेन्ट, निर्माण सामाग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल रहने बताए । उनले जग्गा तथा भवन विकासकर्ता, खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता,इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलिकरण तथा पुनःनिर्माणसम्बन्धी डिजाइनरहरूको साझा मञ्च हुने बताए ।

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार अनौपचारिक क्षेत्रमा बढी कारोबार भइरहेको बताए । उनले अनौपचारिक क्षेत्रबाट बढी र औपचारिक क्षेत्रबाट कम कारोबार भइरहको अवस्था भएकाले सरकारले देशभरका व्यवसायीहरुको लागि कानून बनाएर अनुमति प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गरिन्थ्यो भने कारोबार गर्ने वास्तविक कम्पनीको रेकर्ड आउने बताए । उनले आर्थिक मन्दीको कारण देशभर घरजग्गाको कारोबार सुस्त भएता पनि ५० हजारघर वार्षिक रुपमा बनिरहेको परिस्थिति रहेको बताए ।मेलामा एक लाखभन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर