गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ । हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन । बैठक कसैसँग डराएर नभई समीक्षा गर्नका लागि बसेको होइन ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर