प्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार मध्यराति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प कर्णाली प्रदेशमा ठूलो धनजनसहित ठूलो मानवीय क्षति भएको छ । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् ।

यसअघि प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर