भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनसहित मानवीय क्षति
काठमाडौं । शुक्रबार मध्यराति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प कर्णाली प्रदेशमा ठूलो धनजनसहित ठूलो मानवीय क्षति भएको छ ।
भूकम्पबाट सवैभन्दा बढि जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
भूकम्पका कारण घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।
भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् भने सडकहरु अबरुद्ध भएका छन् । सडक अबरुद्धका कारण उद्धारकार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया