शुक्रबारदेखि कर्णालीमा तेस्रो राष्ट्रिय ब्यापी प्रतियोगिता हुने

सुर्खेत । शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल केन्पो मार्सल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय ब्यापी प्रतियोगिताको तयारी पूरा भएको छ ।

सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो ।

प्रतियोगिकाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

केन्द्रीय अध्यक्ष पुण्य प्रसाद पाण्डेका अनुसार प्रतियोगितामा ६ प्रदेशका खेलाडीको सहभागिता रहने छ ।

७० जना खेलाडी, प्रशिक्षकको सहभागी रहेको प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल प्रदान गरिने कर्णाली प्रदेशका अध्यक्ष ईश्वर शाहीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर