नेपाल विश्वको मित्र : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताएका छन् । सङ्घीय सदनको संयुक्त बैठकलाई आज मंगलबारसम्बोधन गर्दै गुटेरेसले उक्त कुरा बताएका हुन् ।

सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गरेपछि महासचिव गुटेरेसले संसद्लाई सम्बोधन गर्दै भने, “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । ”

संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उनले प्रतिबद्धता जनाए । नेपालमा सङ्घीय सांसदहरूसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उनले चर्चा गरे । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उनले उल्लेख गरे । आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उनले जानकारी दिए ।

“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भने, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”

विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको चर्चा गर्दै महासचिव गुटेरेसले भने, “मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली पनि परे । मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता रहनुभएका विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर